बुद्ध जयन्ती एवं गुरू गोरखनाथ जयन्तीको अवसरमा विहिप नेपालको बिशेष कार्यक्रम सम्पन्न - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Thursday, May 27, 2021

बुद्ध जयन्ती एवं गुरू गोरखनाथ जयन्तीको अवसरमा विहिप नेपालको बिशेष कार्यक्रम सम्पन्न



१३ जेठ, काठमाडौं । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन मनाइने बुद्ध जयन्ती तथा गुरू गोरखनाथ जयन्ती यसवर्ष भने कोरोना भाइरस महामारीका कारण भौतिक रूपमा मनाउन नसकिए पनि अनलाईनका माध्यमले विश्व हिन्दू परिषद नेपालले एक विशेष कार्यक्रम आयोजना गरी मनाएको छ ।

विश्व हिन्दू परिषद नेपालद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख वक्ताको रूपमा बौद्ध धर्मगुरू श्री श्याल्पा तेन्जिङ्ग रिन्पोछे र नरहरिनाथ प्राकृतिक चिकित्सालय, चितवनका बरिष्ठ चिकित्सक एवं परिषदका राष्ट्रिय सदस्य डा. हेमराज कोईराला हुनुहुन्थ्यो । कार्यक्रममा परिषदका राष्ट्रिय पदाधिकारी, पूर्णकालिक कार्यकर्ता, जिल्ला स्तरिय कार्यकर्ता तथा गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख श्री बाबुराम कुवँर एवं पूर्व साँसद श्री बिमल केडियाज्यूको बिशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्नु हुदै बौद्ध धर्मगुरू श्री श्याल्पा तेन्जिङ्ग रिन्पोछेज्यूले “भगवान गौतम बुद्ध नेपालमा जन्मिनु भएको तथ्य मात्र प्रयाप्त होईन, हामीले आफू भित्र भगवान गौतम बुद्धलाई जन्म दिन आवश्यक छ अर्थात भगवान गौतम बुद्धका आदर्शहरुलाई अक्षरशः धारण गनु सक्नु पर्दछ ।” बताउनु भयो ।

त्यस्तै, बरिष्ठ चिकित्सक डा. हेमराज कोईरालाज्यूले कार्यक्रममा भगवान गुरू गोरखनाथको महिमा वर्णन गर्नु हुदै गुरू गोरखनाथको आदर्शले राष्ट्र निर्माण, शासन व्यस्था एवं जनकल्याणमा पु¥याएको योगदानहरूबारे प्रष्ट पार्नु भयो ।

कार्यक्रममा पूर्व प्रदेश प्रमुख श्री बाबुराम कुवँरज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो त्यस्तै कार्यक्रम सञ्चालन परिषदका राष्ट्रिय महासचिव श्री जितेन्द्र कुमार सिंहज्यूले गर्नु भएको थियो । परिषदका राष्ट्रिय संगठन सचिव श्री प्रल्हाद कुमार रेग्मीज्यूको समापन मन्तव्य पश्चात कार्यक्रम सम्पन्न भएको थियो ।