राष्ट्रदेव भगवान श्री पशुपतिनाथको अपमान गरेको भन्दै नेकपा नेताको पुतला दहन - Vishwa Hindu Parishad Nepal

vhp+header+blue+stroked+Nepali

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Saturday, February 13, 2021

राष्ट्रदेव भगवान श्री पशुपतिनाथको अपमान गरेको भन्दै नेकपा नेताको पुतला दहन

r1


फाल्गुन १, काठमाण्डौ । भगवान श्री पशुपतिनाथको अपमान गरेको भन्दै विश्व हिन्दू परिषद नेपालले नेकपा (प्रचण्ड–माधव नेपाल समूह) का नेताहरुको पुतला दहन गरेको छ । 
r4


विश्व हिन्दू परिषद नेपालले जनकपुर, विराटनगर, पोखरा लगायतका देशका प्रमुख शहरहरुमा नेकपाका रघुजी पन्त, प्रचण्ड लगायतका नेताहरुको पुतला दहन एवं विरोध ¥याली निकालेको हो । मिति २०७७ माघ २८ गते सरकार विरुद्धको राजनैतिक विरोध ¥यालीको क्रममा नेकपाका नेताहरु भगवान श्री पशुपतिनाथ विरुद्ध अभद्र टिप्पणी गरेका थिए ।
r2


राजनेताद्वारा नै राष्ट्रदेव भगवान श्री पशुपतिनाथको अपमान गरिएको भन्दै परिषदले प्रेस विज्ञप्ति समेत जारी गर्दै विरोध जनाएको थियो । विज्ञप्तिमा धर्म संस्कृति विरोधी तत्व समग्र राष्ट्र कै लागि घातक रहेको भन्दै सम्पूर्ण हिन्दू समाजलाई एकजुट भई यस्ता तत्वहरुको पर्दाफास गर्न अपिल गरेको थियो ।
r3

r5

r6

https://www.vhpnepal.org.np/2021/02/blog-post.html