प्रेस विज्ञप्ति : राजनैतिक सभा सम्मेलन गर्न छुट तर हिन्दूहरुको चाड पर्वमा सरकारद्वारा बाधा अवरोध खडा गरिनु निन्दनीय - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Monday, October 19, 2020

प्रेस विज्ञप्ति : राजनैतिक सभा सम्मेलन गर्न छुट तर हिन्दूहरुको चाड पर्वमा सरकारद्वारा बाधा अवरोध खडा गरिनु निन्दनीय



हालै विभिन्न राजनैतिक दलहरुको पार्टी प्रवेश कार्यक्रम एवं गत महिना देशका विभिन्न ठाउँहरुमा मुस्लिम समुदायले हात–हथियार सहित सुसज्जित भई मुहर्रम पर्व मनाई रहदा कही कतै प्रशासनद्वारा रोकटोक गरेको देखिएको थिएन । सरकारले कोरोना संक्रमण नियन्त्रण गर्ने बहानामा हिन्दूहरुको महान पर्व दशैँमा समेत मठ–मन्दिर दर्शनमा रोक लगाएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

पार्टी प्रवेश, शुभकामना आदान–प्रदान एवं भवन लोकार्पण कार्यक्रमको नाममा मन्त्री सहितको उपस्थितिमा हजारौको भीड एकत्रित गर्दा कोरोना संक्रमण नहुने तर हिन्दूहरुको पर्वमा मात्र संकक्रमण हुने ? नेशनल मेडिकल कलेजको उद्घाटनको क्रममा प्रमुख जिल्ला अधिकारी तथा सेना समेतको उपस्थितिमा हजारौंको भिड एकत्रित गरी सरकारद्वारा स्वयं नियमको धज्जी उडाउनु गम्भीर विषय हो । त्यस्तै भन्सार, कर तथा यातायात कार्यालयमा सयौँको भीड नियन्त्रण गर्न कुनै नियम कार्यन्वयन गरिनु सरकारको चरित्रमाथि प्रश्नचिन्ह खडा गरेको छ ।

राजनैतिक लाभका लागि सरकारद्वारा एक बिशेष समुहलाई भीड–भाडका साथ सभा सम्मेलन गर्न छुट दिईनु र बहुसंख्यक हिन्दू समुदायको आस्थालाई बेवास्ता गर्दै मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिनु दुर्भाग्यपूर्ण एवं निन्दनीय रहेको छ । 

सरकारले प्रर्दशन गरेको यस प्रकारको गैर–जिम्मेवारीपूर्ण दोहोरो मापदण्डले बहुसंख्यक हिन्दू समुदायको मन–मस्तिष्कमा चोट पु¥याएको छ । 

सरकारको यस्तै हिन्दू बिरोधी रबैया रह्यो भने हिन्दू समाज एवं विश्व हिन्दू परिषद नेपाल सरकार बिरुद्ध सडकमा उत्र्न बाध्य हुनेछ र तत् पश्चात सिर्जना हुने परिस्थितिको जिम्मेबार सरकार स्वयं हुनेछ । हिन्दुहरुको आस्थालाई ख्याल गर्दै निश्चित स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोकल बनाएर देशै भरिका मठ–मन्दिरहरुमा नियमित दर्शन खुला गर्न एवं आउदै गरेको दिपावली तथा छठ पर्वको सहजताको लागि आवश्यक व्यवस्था मिलाउन हुन सरकार समक्ष विश्व हिन्दू परिषद नेपाल हार्दिक आग्रह गर्दछ साथै हिन्दू विरोधी तत्वहरुलाई निरुत्साहित गर्न सम्पूर्ण हिन्दू धर्माबलम्बीहरुलाई संगठित हुन विहिप नेपाल हार्दिक अपिल गर्दछ । 

जय श्री राम । नेपाल आमाको जय