पत्रकार सम्मेलन, जनकपुरधाम २०७७ असोज १८ गते - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Sunday, October 4, 2020

पत्रकार सम्मेलन, जनकपुरधाम २०७७ असोज १८ गते

विश्व हिन्दू परिषद नेपाल
पत्रकार सम्मेलन, जनकपुरधाम
२०७७ असोज १८ गते

आदरणीय पत्रकार बन्धु

हिन्दू समाज ‘बसुधैव कुटुम्बकम’ अर्थात विश्व एक परिवार हुन भन्ने मान्यतामा विश्वास गर्ने शान्तिप्रीय समुदाय हो । हिन्दू समाज सारा विश्व कल्याणको कामना गर्ने समुदाय हो । हिन्दू समुदाय कहिकतै अन्य समुदायलाई हानी गर्ने कार्य गर्न रुचाउदैन त्यसका बावजुद हिन्दू समुदायलाई लक्षित गरी गराईको घटनाक्रमहरु चिन्तनीय विषय हो । हिन्दू धर्म मास्न विधर्मी शक्तीहरुले विभिन्न प्रपञ्चहरु रच्दै आईरहेको तथ्य जगजाहेर नै छ ।

हिन्दू धर्ममाथि लक्षित गर्दै गराईएका निम्न घटनाक्रमले विश्व हिन्दू परिषद नेपालको गम्भीर ध्यानार्षण गराएको छ ।  

१. लव जिहाद अन्तर्गत सुश्री कविता कार्कीमाथि एसिड आक्रमण : लव जिहाद अन्तर्गत काठमाडौंको सीतापाइलामा ओखलढुंगा निवासी सुश्री कविता कार्कीमाथि एसिड आक्रमण गरियो । प्रेम प्रस्ताव अस्वीकार गरेपछि नेपालको रौतहट जिल्लाका ४७ वर्षीय मोहम्मद आलमले एसिड प्रहार गरेका थिए । उक्त आक्रमणपछि विश्व हिन्दू परिषद नेपालले आरोपितलाई कडा कारबाही गर्न दवावमुलक कदम चाल्योे । पीडित पवित्रा कार्कीको स्वास्थ्य उपचारका लागि परिषद्ले आर्थिक सहयोग पनि उपलब्ध गरायो ।

२. सप्तरी जिल्लामा मूर्ति तोडफोड गरी  आगजनी गरेको :  सप्तरी जिल्लामा रहेका दुई मन्दिरमा अज्ञात समूहले मूर्तिहरू तोडेर जलाइदिए । परिषदले दोषीलाई कारबाही गर्न स्थानीय प्रशासन सँग माग गर्यो ।

३. सुनसरी जिल्ला, हरिनगर गाउँपालिकामा मन्दिर तोड्ने षडयन्त्र : विकासको नाममा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार मियाँले सो गाउँपालिकामा रहेको शिव मन्दिर तोड्न षडयन्त्र रचेको घटना सार्वजनिक भएको छ । स्थानीयका अनुसार बाटो विस्तारका लागि प्रयाप्त ठाउँ हुदा हुदै पनि मन्दिरलाई नै भत्काएर बाटो विस्तार गर्ने षडयन्त्र रचेको छ । मन्दिरको पक्ष आवाज उठाउने एक युवालाई झुठा मुद्दामा फसाई स्थानीय हिन्दू समुदायमाथि अध्यक्ष गफार मियाँले दमन गरेको छ । 

४. गाई तस्करी र गौहत्या : गत महिनामा गौहत्याको आधा दर्जन घटनाहरू प्रकाशमा आएका छन्। सबै गौ हत्यारहरुलाई पक्राउ गरिएको छ र प्रशासनले कारबाही गरेको छ । हालसालै परिषद्का कार्यकर्ताहरूले जनकपुरधामबाट २ गाई तस्करहरुलाई नियन्त्रणमा लिएको  र नेपाल प्रहरीलाई बुझाएको थियो । दुबै गाई तस्करहरूको बिरूद्ध कानुनी कारबाही शुरू गरिएको छ ।

५. स्व. श्री राम साह हत्या प्रकरणः  रौतहट जिल्लामा एक हनुमान मन्दिरका पुजारीको गोली हानी हत्या गरियो । गृह मन्त्रालयले सबै जिल्लामा सन्तको हत्या विरुद्धको आन्दोलन रोक्न प्रहरीलाई निर्देशन जारी गरेको थियो । त्यसको बाबजुद पनि, सन्तको हत्याको विरोधमा परिषद्ले देशभर प्रदर्शन गरे । उक्त प्रदर्शनपछि प्रशासन पर्याप्त दबाबमा पर्यो र दुई अभियुक्तलाई पक्राउ गरी कारवाही शुरू गर्यो । सरकारले सोही मन्दिरको नजिक विशाल मन्दिरको निर्माणको लागि शिलान्यास पनि ग¥यो । विश्व हिन्दू परिषद नेपालको पहलमा स्व. पूजारी श्रीराम साहको शालिक निर्माण गर्ने योजना रहेको छ ।

६. रातो मच्छिन्द्रनाथ रथ यात्रामा प्रशासनको दमन : काठमाडौंमा बस्ने नेवार समुदायको लागि विशेष मानिने रातो मच्छिंद्रनाथ रथ यात्राको क्रममा नेपाल प्रहरीले स्थानीय नेवार समुदायमाथि बर्वर दमन ग¥यो । पुलिसको कारबाहीमा दर्जनौं स्थानीय युवा घाइते भए । पुलिसले सयौं युवालाई पक्राउ गरेका थियो । यस घटनाको बारेमा विश्व हिन्दू परिषद नेपालले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापन पत्र दियो । 

७.मौलानालाई पुजारीको संज्ञा दिदै हिन्दू पुजारी विरुद्ध दुष्प्रचार :  केही महिना पूर्व बलात्कार गरेको आरोपमा मौलानालाई  नेपालगंजको एउटा मजारबाट पक्राऊ गरियो । विभिन्न सञ्चार माध्यमहरुले मौलानालाई पूजारीको संज्ञा दिदै हिन्दू पुजारीको चरित्रमा आँच आउने गरी दुष्प्रचार गरेका थिए । विश्व हिन्दू परिषद नेपालले तत्काल यो कुरालाई गम्भीरताका साथ लिए र यस समाचारको खण्डन ग¥यो । विश्व हिन्दू परिषद नेपालले ति सबै सञ्चार माध्यमलाई समाचार सच्याउन अनुरोध गरे, ततपश्चात सञचार माध्यमले माफी माग्दै र पुजारी शब्द हटाएर समाचार पुनः प्रसारण गरे ।

८.राष्ट्रिय झण्डा जलाउने भिडियो प्रसारण : मंगोल नेशलन अर्गनाइजेशन  नामक हिन्दू विरोधी संगठनका कार्यकर्ताले नेपालको राष्ट्रिय झण्डा जलाउदै एवं राष्ट्रिय पोशाकलाई अपमान गर्दै म्युजिक भिडियो सार्वजनिक गरेको थियो । जसका कारण सारा देशभरि आक्रोशको वातावरण सिर्जना भयो । विश्व हिन्दू परिषद नेपालले राष्ट्रपति, प्रधानमन्त्री र गृह मन्त्रीलाई यस मुद्दाको बारेमा ज्ञापन पत्र बुझाउँदै घटनाबारे सरकारलाई ध्यानार्षण गरायो । ततपश्चात नेपाल सरकारले उक्त अपराधीलाई पक्राउ गरी कानूनी कारवाही शुरू गर्यो ।

९. जनकपुरधाममा मन्दिर तोडफोड : जनकपुरधाम स्थित नुनिया कुटी एवं रसिक विहारी तेली कुटीमाथि भूमाफियाहरुद्वारा तोडफोड एवं पुजारीमाथि आक्रमणको प्रयास गरिएको थियो । घटनाको निन्दा गर्दै दोषी उपर कारवाहीको लागि विश्व हिन्दू परिषद नेपाल आवाज उठाउदै आएको छ ।

१०.सर्लाहीमा भगवान विश्वकर्माको प्रतिमा विर्सजनको क्रममा आक्रमण : सर्लाही जिल्लामा हालै भगवान विश्वकर्माको मुर्ति विर्सजन गर्ने क्रममा स्थानीय मुस्लिमहरुले आक्रमण गरेको थियो । मुर्ति विसर्जनका क्रममा बाटो प्रयोग गरेको निहुमा मुस्लिमहरुले देशका विभिन्न जिल्लाहरुमा हिन्दूमाथि आक्रमण गर्दै आइरहेको छ । प्रदेश नं. २ मा हिन्दूहरुमाथि श्रृंखलाबद्धरुपमा आक्रमण गरिदै आएको छ ।

११. कोरोना महामारीको नाममा हिन्दू चाडपर्वलाई मात्र अवरोध : हालै हातहतियार सहित सुसज्जित भई देशभर मुस्लिम समुदायको मुहर्रम पर्व भीडभाडका साथ मनाईएको छ । उक्त पर्वमा सरकारले कहिकर्त रोकटोक गरेको देखिएन । तर कोरोना महामारी नियन्त्रण गर्ने बहानामा हिन्दू समुदायका पर्वलाई मात्र रोक्ने कार्य सरकारले गरेको छ । सरकारको यस्तै रवैया रह्यो भने हिन्दू समुदाय विद्रोह गर्ने निश्चित छ र ततपश्चात सिर्जना हुने परिस्थितिको जिम्मेवार सरकार स्वंय हुनेछ ।

बहुसंख्यक हिन्दू समुदाय प्रति सरकारले निर्वाह गर्नुपर्ने दायित्व निर्वाह नगरेको विगतका घटनाक्रमले प्रष्ट हुन्छ । हिन्दू समुदायको हकहीत प्रति सरकारले दोहोरो चरित्र देखाएको छ । सञ्चार माध्यमले देश र जनताको हकहीतमा कलम चलाउदै आएको सर्वज्ञ नै छ । अव धर्म रक्षाका लागि समेत कलम चलाउन अति आवश्यक देखिन्छ । राष्ट्र, धर्म र समाजको पक्षमा कलम चलाउन सम्पूर्ण सञ्चारकर्मी साथीहरुलाई विश्व हिन्दू परिषद नेपाल हार्दिक अपिल गर्दछ ।

जय श्री राम । नेपाल आमाको जय ।।

जितेन्द्र कुमार सिंह 

महासचिव