सरकारले देखाएको दोहोरो चरित्र दुर्भाग्यपूर्ण : विश्व हिन्दू परिषद नेपाल - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Thursday, September 3, 2020

सरकारले देखाएको दोहोरो चरित्र दुर्भाग्यपूर्ण : विश्व हिन्दू परिषद नेपाल



पूरै विश्व आज कोरोना महामारीका कारण ग्रसित भैरहेको अवस्था छ । यस अवस्थामा सरकारकाले कोरोना नियन्त्रणका विविध उपायहरु अपनाई रहेको छ ।

हालै सरकारले जारी गरेको निषेधाज्ञाको धज्जी उडाउदै देशका विभिन्न ठाउँहरुमा मुस्लिम समुदायले हात–हथियार सहित सुसज्जित भई मुहर्रम पर्व मनाई रहदा कही कतै प्रशासनद्वारा कारवाही गरिएको देखिएन ।

काठमाण्डौबासी नेवार समुदायको लागि विशेष महत्व रहेको ‘रातो मच्छिन्द्रनाथ रथ यात्रा’ तान्ने क्रममा प्रहरी हस्तक्षेपबाट दर्जनौ युवाहरु घाईते भएको छ । स्थिति एक दमै तनावग्रस्त भई शान्ति सुरक्षाको अभिभारा बोकेका सुरक्षाकर्मी समेत अपमानित एवं घाईते हुनु परेको छ । कोरोना महामारी नियन्त्रण गर्ने बहानामा हिन्दूहरुको चाड–पर्वलाई मात्रै लक्षित गरी सरकारले कारवाही गर्नु एक दमै निन्दनीय एवं दुर्भाग्यपूर्ण रहेको छ । 

सरकार सबैको साझा हुनुपर्नेमा सरकारले बहुसंख्यक हिन्दू जनता प्रति देखाएको पूर्वाग्रही व्यवहारले आफ्नो दोहोरो चरित्र आफै उजागर गरेको छ । सरकारको यस किसिमको दोहोरो चरित्रको विश्व हिन्दू परिषद नेपाल घोर निन्दा गर्दछ ।

घटनामा घाईते हुनु भएका युवा एवं सुरक्षाकर्मीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं साथै सम्पूर्ण काठमाण्डौबासीलाई शान्ति–व्यवस्था कायम राख्न प्रशासनलाई सहयोग गर्न विश्व हिन्दू परिषद नेपाल हार्दिक अपिल गर्दछ ।

जय श्री राम । नेपाल आमाको जय