विश्व हिन्दु परिषद नेपालको आह्वान– विखण्डनको षडयन्त्रबारे सचेत होऔँ - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Wednesday, July 22, 2020

विश्व हिन्दु परिषद नेपालको आह्वान– विखण्डनको षडयन्त्रबारे सचेत होऔँ

काठमाडौं– विश्व हिन्दु परिषद नेपालले विखण्डनको षडयन्त्रबारे सचेत रहन अपिल गरेको छ ।

परिषदले एक विज्ञप्ति जारी गर्दै विविधतायुत्त र एकताको बन्धनमा बाँधिएको समग्र हिन्दु समाजलाई तोड्ने प्रयास भइरहेको भन्दै यसबाट सचेत रहन आह्वान गरेको हो ।

परिषदले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मतभेदका आधारमा मनभेद गरेर प्राचीन ऋषिहरुका सन्तति आजको हाम्रो हिन्दु समाजलाई नै फुटाउने चलखेलले क्रमिक रुपमा निरन्तरता पाएको छ । विखण्डनको बिउ छर्नेहरुको रुप अनेक भएपनि तिनको उद्देश्य एउटै छ हिन्दु समाजमाथि आघात पुर्‍याउनु ।’