विहिप नेपालद्धारा सामूहिक विवाह समारोह तयारी बैठक सम्पन्न - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Tuesday, November 5, 2019

विहिप नेपालद्धारा सामूहिक विवाह समारोह तयारी बैठक सम्पन्न




कार्तिक १९, जनकपुरधाम । विश्व हिन्दू परिषद नेपालद्धारा आयोजना हुन लागेको सामूहिक विवाह समारोह–२०७६ को तयारी बैठक सम्पन्न भएको छ । बैठक जनकपुरधाम–१३ रानी बजार, पिडारी स्थित श्री रामजानकी विवाह मणिमण्डपको प्रांगनमा बसेको थियो । बैठकमा धर्मयात्रा महासंघका राष्ट्रिय संयोजक श्री ओम प्रकाश सर्राफ, विहिप नेपालका प्रदेश २ संगठन मन्त्री श्री धनुषधारी पाण्डे, राष्ट्रिय सदस्य श्री मनोहर साह, युवा विभाग राष्ट्रिय संयोजक श्री सत्यम मुरारी, सदस्य जितेन्द्र दास, महिला विभाग प्रमुख श्रीमती सुनिता ठाकुर, जिल्ला अध्यक्ष श्री संतोष साह, सचिव श्री अमन गुप्ता, राष्ट्रिय कार्यालय सचिव राजाराम दास, पूज्य सन्त श्री श्री १०८ श्री नवल किशोर शरण दास जी महाराज, वडा अध्यक्ष श्री शुभनारायण मण्डल, मणिमण्डप विकास समितका अध्यक्ष श्री नारायण राउत तथा स्थानीय बुद्धिजिवी श्री जोगी मण्डल, रामप्रमोद राउत, शिवजी राउत, सगमलाल राउत, जित बहादुर राउत, ब्रह्मदेव साह, रामअशिष दास लगायत करिब १५० जनाको उपस्थिति रहेको थियो ।


२०७६ मंसिर १६ गते आयोजना हुने सामूहिक विवाह समारोह –२०७६ को तयारीको लागि बसेको बैठकले धुमधामका साथ १०८ जोडी बरबधुको विवाह सम्पन्न गर्न स्थानीय जनसमुदाय तथा मणिमण्डप विकास समिती संग सहकार्य गर्ने पारित गरेको छ । 


बैठकको क्रममा स्थानीय जनसमुदाय तथा मणिमण्डप विकास समितीका पदाधिकारीहरु उत्साहित देखिएको थियो । कार्यक्रमलाई सफल पार्न समुदायका प्रत्येक व्यक्तिको साथ र सहयोेग रहने वडा अध्यक्ष श्री शुभनारायण मण्डलले बताउनु भयो ।