पाकिस्तानमा हिन्दू माथि अत्याचार: दरगाह संचालक 'मियां मिट्टू' आतंकवादको पर्यायवाची - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Wednesday, October 9, 2019

पाकिस्तानमा हिन्दू माथि अत्याचार: दरगाह संचालक 'मियां मिट्टू' आतंकवादको पर्यायवाची

मियाँ मिट्टू'  सैनिक क्यान्टोनमेन्टमा
पाकिस्तानका हिन्दुहरूका लागि 'दरगाह ' संचालक 'मियां मिट्टू' आतंकवादको पर्यायवाची रहेको छ तसर्थ, त्यहाँका हिन्दुहरू कहिलै मियां समक्ष आउन चाहदैनन । 'मियाँ मिट्टु' भन्नु भनेको सुफी हो, तर वास्तवमा ऊ कपटी, दुष्ट हुन । हिन्दुहरूको उत्पीडन, साम्प्रदायिक दंगा उक्साउने, हिन्दुहरूको मन्दिर र सम्पत्तीलाई क्षति पुर्‍याउने, हिन्दू केटा र केटीहरूको अपहरण, तिनीहरूको धर्म परिवर्तन र मानव बेचबिखन गराउनु नै यिनको काम हो । मिया उपर हत्या, अपहरण सम्बन्धित दर्जनौं केसहरू छन्। हिन्दुको विरोध र विदेशी दबाबमा अहिले उनी जेलको हावा खाइरहेका छन्। तर जेलको बावजुद, हिन्दू समुदायमा उनको डर अझै कायमै छ। यस धापोरशंखी सूफी फकीरका छोरा, आफन्त र गिरोह यस्तै सक्रिय छन्। हालसालै मुस्लिम लीगका एकमात्र हिन्दू सांसद खिल दासले क्वामी सम्मेलनमा भन्नुपरेको थियो, "पाकिस्तानका हिन्दूहरूलाई कहिलेसम्म सताईने छन ? कहिलेसम्म हामी हाम्रो लाशहरु उठाउन? कहिलेसम्म हाम्रो बुहारी असुरक्षित रहनेछ? ”खील दासका अनुसार विगत चार महिनामा ३० अल्पसंख्यक केटीहरूलाई अपहरण गरी धर्म परिवर्तन गरिएको थियो, जसमा प्रायः हिन्दुहरू थिए।
राजनैतिक गठबन्धन
वास्तवमा, सबै गम्भीर आक्रमणहरूको बाबजुद कसैले पनि 'मियाँ मिट्टु' लाई केही बिगार्न सकेको छैन  किनकि उनलाई पाकिस्तानका  विभिन्न राजनीतिक दलहरूको समर्थन प्राप्त  छ। मिया सत्तारूढ पाकिस्तान तहरीक-ए-इन्साफ पार्टीका वरिष्ठ नेता हुन  र प्रधानमन्त्री इमरान खान र सेना प्रमुख कमर वहीद बाजवासँग घनिष्ठ सम्बन्ध छ। 
योजना बनाई दंगा
पाकिस्तानको व्यापारिक जिल्ला कराची, हैदराबाद, घोटकी र उमरकोटको तुलनामा सिन्ध प्रान्तमा सबैभन्दा बढी हिन्दुहरू छन् र तिनीहरूको अवस्था पनि राम्रै छ। तर 'मियां मिट्टू' को आतंकको कारण धेरै हिन्दू परिवारहरु सिन्ध छाडे। घोत्कीमा भरचंडी शरीफको प्रसिद्ध दरगाह छ। अब्दुल हक उर्फ ​​मियां मिट्टु यस दरगाहका  संचालक हुन्। यसका अनुयायीहरू सिन्धमा मात्र होइन, पूरै पाकिस्तानमा छन्,  जो यिनको ईसारामा मर्न मार्न तयार हुन्छन्।
'मियाँ मिट्टू' लाई केहि दिन अघि सिन्धका धेरै शहरहरूमा योजनाबद्ध ढंगले दंगा फैलाएको आरोप लगाइएको थियो। दंगामा उनका कार्यकर्ताहरूले मन्दिरहरू तोडे र हिन्दुहरूको सम्पत्तिमा क्षति पुर्‍याए। दंगा विरोधी सुरक्षा बल रेंजर्सको उपस्थितिमा हिन्दुहरूलाई सताइयो र ईश्वरनिन्दाको आरोप लगाइएको सिन्ध पब्लिक हाईस्कूलका प्रधानाध्यापक नौतन दासलाई कुटपिट गरियो ।  पछि, हिन्दुहरूले एकता प्रदर्शन गरे तब सिन्ध प्रान्तको सरकारले 'मियाँ मट्टु' लाई गिरफ्तार गर्‍यो। पक्राउ पछाडि पनि, उनले भने कि उनी इस्लामको सेवा गर्न केहि पनि गर्न तयार छन्।
हिन्दु केटीहरू अपहरण
न्यु योर्क टाइम्सको रिपोर्ट अनुसार २०१२ मा मिट्ठो गिरोहले रिन्कल कुमारी नामक हिन्दू केटीलाई घरबाट उठायो। इस्लाम स्वीकार गराए पछि उसलाई यौन दुर्व्यवहार गरियो। त्यसपछि उनलाई  नावेद शाह नामका एक युवकसँग विवाह गराइयो । रिंकलका शिक्षक बुबाले अदालतमा आरोप लगाए कि  'मियाँ मिट्ठू' को नेतृत्वमा उनको गिरोहले अल्पसंख्यक दीदी-बहिनीहरूलाई जबरजस्ती अपहरण गर्छन । तब  उनीहरूलाई घरमा राख्छ र यौन शोषण गरे पश्चात उनीहरूलाई कुनै मुस्लिमसँग विवाह गराई दिन्छन ।
यो गिरोहले थुप्रै हिन्दू केटीहरूलाई बेपत्ता गरेको  छ,  जसको आजसम्म पत्ता लागेको छैन। मियांले ती हिन्दू केटीहरुलाई अन्य देशहरूमा बेचेको शंका गरिन्छ । यस घटनाको बारेमा बीबीसीलाई दिएको अन्तर्वार्तामा, 'मियां मट्टू' ले बडो शानका साथ भने  कि उनी जबरजस्ती कसैलाई धर्म परिवर्तन गर्दैन, बरु उनीहरूलाई इस्लाम धर्म अपनाउन  गर्न प्रेरित गर्दछन्।
एउटा न्यूज वेबसाइटका अनुसार मियां मिट्टूले विगत ५  बर्षमा ११७ हिन्दू केटीहरूलाई मुस्लिम धर्ममा  परिवर्तन गराई  मुस्लिम संग विवाह गराएका छन । सिंधी पत्रकार इब्राहिम कुम्भारको रिपोर्ट अनुसार ११ वर्षीया हिन्दू केटी मोनिका कुमारीलाई गत वर्ष अपहरण गरिएको थियो। नाबालिग भएको कारण अदालतको हस्तक्षेप पछि उनलाई उद्धार गरिएको थियो। यस्तै रवीना (१३ वर्ष), रीना (१५ वर्ष), लता कुमारी र आशा कुमारी पनि 'मियाँ मिट्ठू' को शिकार भएकी छिन । हालै, घोटकीमा दन्त कलेजका विद्यार्थी, चाँदनी कलेज छात्रावासमा मृत भेटिए, जसका लागि पाकिस्तानका धेरै शहरहरूमा अझै हिन्दू आन्दोलन जारी छ। यो आरोप लगाइएको छ कि चाँदनीलाई धर्म परिवर्तनका लागि दवाव दिइयो। उनी राजी नभएकोले, उसलाई मारियो र त्यसपछि घटनालाई आत्महत्याको रूप दिने प्रयास गरियो। हिन्दुहरु लाई शंका छ कि मियां मिट्टु यस घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न छन्। एक महिना अघि उनले डा. लतालाई अपहरण गरे र उनको विवाह जबरजस्ती एक मुस्लिम युवासँग गराइयो ।
मानव तस्करीबाट आय
यो शैतानको नाम देशको धनीहरुमा गनिन्छ। मियां शानका  साथ एक विशाल हवेलीमा बस्छन । पाकिस्तानका हिन्दूहरूले यो प्रश्न खडा गर्छन् कि दरगाह  संचालकसंग यति धेरै धन कहाँबाट आयो? तिनीहरूको आरोप छ कि मियांले हिन्दू समुदायका केटा र केटीहरूको बेचबिखन गरेर सम्पत्ति आर्जन गरेका छन । यद्यपि हाल सम्म कुनै सरकारले यसको छानबिन गर्न सकेको छैन। यस कपटी फकीरका अनुयायीहरूको संख्या धेरै  छ, त्यसैले देशका अधिकांश राजनीतिक दलहरू मियांको समर्थन लिन्छन्, ताकि सिन्धमा उनका राजनीतिक गतिविधिहरू जारी रहन सकून।  
राजनीति र सैन्य उत्तेजना
'मियाँ मिट्ठू' २००८   देखि २०१३  सम्म कउमी असेंबलीमा सदस्य थिए। जब उनले इस्लाम र अल्लाहको नाममा मुसलमानहरूलाई खुशी पार्न हिन्दुहरूलाई सताउन थाले, सिन्ध प्रान्तका मतदाताहरूले मियांलाई बहिष्कार गरे । फलस्वरूप, उनलाई पछिल्लो चुनावमा बारम्बार हारको सामना गर्नुपर्‍यो।

इमरान खानसँग मियाँ मिट्टू

२०१३ को चुनावमा हिन्दुहरूको उत्पीडनको विवादका कारण पाकिस्तान पीपुल्स पार्टीले मियांको टिकट फिर्ता लिएको थियो। त्यसपछि उनले स्वतन्त्रको रूपमा प्रतिस्पर्धा गरे तर ९६ भोट मात्र पाए। यस कटु पराजय पछि २०१५ मा, 'मियां मट्टू' इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) मा सामेल भए र चाँडै नै पार्टीको शीर्ष नेताहरूमा गनिन थाले । पीटीआईमा प्रवेश गर्ने दिन मियांले ठूलो भीड जम्मा गरेर इमरान खानको अगाडि शक्ति प्रदर्शन गरेका थिए। पीटीआईले उनलाई घोटकी जिल्लाको एनए २०४ बाट टिकट दियो तर गठबन्धनले खराब छविका कारण विरोध गरेकोले उनलाई चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो। इमरान सत्तामा आए पछि उनलाई प्रधानमन्त्री र सेना प्रमुखको वरिपरि देखिन थालियो ।
घोत्कीको पन्नू अकिल जहाँ मियांको घर त्यहाँबाट ३०-४०  किलोमिटरको दूरिमा एक बिशाल सैन्य शिबिर छ । मियां अक्सर यो शिविरको फायरिंग रेंजमा सैन्य अभ्यास गर्छन ।  सेनाको संलग्नतामा मिया अल्पसंख्यकहरु उपर  दमन गरेको शंका गरिन्छ । मियांसँग वैध र अवैध हतियारहरूको ठूलो भण्डार छ। मियां विरुद्ध ११७  फौजदारी मुद्दाहरु  छन्।
(लेखक पायनियर, हरियाणा संस्करणको सम्पादक हुन्।)
साभार : https://www.panchjanya.com