विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो हो। यो पात्रो नेपाल, भारत जस्ता देशहरूमा चलनचल्तीमा रहेको छ। यो सम्वत् भारतमा भन्दा पनि नेपालमा निकै प्रचलित सम्बत् हो। यो नेपालको राष्ट्रिय पात्रो हो । यो प्राचीन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडि छ । यस पात्रो अनुसार वर्षको सुरूवात बैशाख महिनाको पहिलो दिनबाट हुन्छ । विक्रम सम्बत सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्बत् लाई सौर्य पात्रोमा आधारित पात्रो भनिएको हो। यस सम्बत् सूर्य सँग सम्बन्धित भएकाले यस पात्रोमा सूर्य ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन् । राजा विक्रमादित्यले सुरुवात गरेको विक्रम सम्बतको नेपालमा आधिकारिक रूपमा चन्द्र शमशेरको पालादेखि सुरू भएको हो ।
Post Top Ad
Saturday, October 13, 2018
नव वर्ष - बैशाख १ गते
Tags
# Annual Events
# Upcoming Events
      
About Rajaram Das 
Upcoming Events
Labels:
Annual Events,
Upcoming Events



