हतियार सहित निकालिएको जुलुशले छठघाटमा तोडफोड गर्दै इस्लामिक झण्डा गाडे - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Thursday, September 12, 2019

हतियार सहित निकालिएको जुलुशले छठघाटमा तोडफोड गर्दै इस्लामिक झण्डा गाडे


नेपाल बहुसंख्यक हिन्दूहरु बसोबास गर्ने राष्ट्र हो । हिन्दू धर्म “बसुधैव कुटुम्बकम” अर्थात संसार एक परिवार हुन भन्ने मान्यतामा विश्वास गर्ने शान्तिप्रिय धर्म हो । हिन्दू धर्म कहि कतै हिंसा, भेदभाव, कट्टरता जस्ता कृत्यहरुलाई प्रश्रय दिएको छैन ।
विश्व आज एक विशेष समुदायको कट्टरताले आतंकित रहेको सर्वविदितै छ । यसैबिच रौतहट जिल्लाको राजपुर नगरपालिका वड़ा नम्बर ६, कुडि़यामा मुहर्रमको अवसर पारी हतियार सहित निकालिएको जुलुशले स्थानीय छठघाटमा तोडफोड गर्दै छठघाटमा इस्लामिक झण्डा गाडेको घटना प्रति विश्व हिन्दू परिषद नेपालको गम्भिर ध्यानाकर्षण भएको छ ।  आतंकी एवं अपराधी मानसिकता भएको तत्वद्वारा घटाईको उक्त घटनाको विश्व हिन्दू परिषद नेपाल घोर भत्र्सना गर्दछ । 
गत वर्ष सोही ठाउँमा कलश यात्राको क्रममा महिला तथा बालबालिकालाई लक्षित गर्दै आतंकी मानसिकताका तत्वहरुले आक्रमण गरी दर्जनौ निहत्था हिन्दू महिला तथा बालबालिकाहरुलाई घाइते बनाएका थिए । बारम्बार हिन्दू समाजमाथि भएका यस प्रकारको आक्रमणहरुले सम्पूर्ण हिन्दू समाजलाई आहात बनाउदै आएको छ । जिहादी मानसिकता भएका यस्ता तत्वहरुको समय मै ठोस उपचार हुन नसक्दा यस्ता घटनाहरु घटाउन तिनीहरुको मनोबल बढेको देखिन्छ । प्रशासनले ठोस तथा स्थायी समाधानका कदम चाली यस्ता जिहादी आतंकी मानसिकता भएकाहरुलाई नियन्त्रण गरोस भनी नेपाल सरकारसंग विश्व हिन्दू परिषद नेपाल जोडदार माग गर्दछ । समयमै यस्ता तत्वलाई नियन्त्रण गरिएन भने तत पश्चात सिर्जना हुने परिस्थिती भयावह हुने देखिन्छ ।
सनातन धर्मलाई समाप्त पार्ने मनशायले विभिन्न हिन्दू विरोधी तत्वहरु सक्रिय रहेकाले यस्ता तत्वहरुलाई निरुत्साहित गर्न विश्व हिन्दू परिषद नेपाल सबै सनातनी हिन्दूहरुलाई एकजुट हुन आग्रह गर्दछ । साथै स्थानीयबासीहरुमा समाजिक सदभाव कायम राख्न समेत अपिल गर्दछ ।