विश्व हिन्दू परिषद्को ५५ औं स्थापना दिवस एवं श्री कृष्ण जन्मोत्सव मनाइयो - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Friday, August 23, 2019

विश्व हिन्दू परिषद्को ५५ औं स्थापना दिवस एवं श्री कृष्ण जन्मोत्सव मनाइयो




भाद्र ६, काठमाण्डौ । विश्व हिन्दू परिषदले आफ्नो ५५ औं स्थापना दिवस तथा श्री कृष्ण जन्माष्टमी पूजनोत्सव कार्यक्रम मनाएको छ । विश्व हिन्दू परिषदको स्थापना सन  १९६४ श्री कृष्ण जन्माष्टमीको दिन भएको थियो। 

सोही दिन देखि विश्व हिन्दू परिषद्ले श्री कृष्ण जन्माष्टमीलाई आफ्नो स्थापना दिवसको रुपमा मनाउदै आएको छ। परिषदले विगतका वर्ष झै यस वर्ष पनि धनकुटा, सप्तरी, सिरहा, धनुषा, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु लगायतका विभिन्न जिल्लाहरुमा कार्यक्रमहरुको आयोजना गरी स्थापना दिवस तथा श्री कृष्ण जन्माष्टमी पूजनोत्सव मनाएको छ ।

काठमाण्डौ बसुन्धरा स्थित राष्ट्रिय कार्यालयमा शुक्रबार  कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष उद्धव कुमार घिमिरेको अध्यक्षता रहेको थियो । सो कार्यक्रममा परिषदका सन्त मार्गदर्शक मंडलका सहसंयोजक श्री सेवक सौरभनाथ जी महाराज, राष्ट्रिय संगठन मन्त्री प्रल्हाद कुमार, राष्ट्रिय प्रचार प्रमुख मुकुन्द कलिकोटे, संघका अनुसांघिक संगठनका प्रतिनिधिहरु लगायत परिषदका  स्थानीय शुभचिन्तक तथा  कार्यकर्ताहरु समेतको उपस्थिति रहेको थियो । 

जनकपुरधाममा आयोजित कार्यक्रम 
कार्यक्रममा संगठन मन्त्री प्रल्हाद कुमारले परिषद् स्थापनाको उद्देश्य बारे प्रकाश पार्दै विश्व हिन्दू परिषदको स्थापना विश्व भरी छरिएर रहेका हिन्दूहरुलाई संगठित गर्न संघका द्धितिय सर–संघचालक श्री गुरु जीले संतहरुको मार्ग निर्देशनमा ५५  वर्ष अगाडी भारत, मुम्बईको सांदीपनि साधनाशालामा गर्नु भएको बताउनु भयो ।
सप्तरीमा आयोजित कार्यक्रम 
बिरगंजमा आयोजित कार्यक्रम