विश्व हिन्दू परिषद नेपालको राष्ट्रिय योजना बैठक सम्पन्न - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Sunday, July 21, 2019

विश्व हिन्दू परिषद नेपालको राष्ट्रिय योजना बैठक सम्पन्न


विश्व हिन्दू परिषद नेपालको राष्ट्रिय योजना बैठक सम्पन्न भएको छ । विश्व हिन्दू परिषदका अन्तराष्ट्रिय महामन्त्रि मा. मिलिन्द परान्डे ज्यूको नेपाल प्रवासको क्रममा  आयोजित सो दुई दिवसीय बैठक तनहुँ, देवघाट स्थित महेश सन्यास आश्रममा  श्रावण ४ गते सम्पन्न गरिएको छ ।

राष्ट्रिय अध्यक्ष श्री टिका बहादुर पहारीको अध्यक्षता तथा मा.मिलिन्द परान्डे ज्यूको विशेष आतिथ्यता रहेको उक्त बैठकमा वि.हि.प. नेपालका सन्त मार्ग–दर्शक मण्डलका राष्ट्रिय सह–संयोजक पूज्य सन्त सेवक सौरभनाथ ज्यू, बारा जिल्ला संयोजक पुज्य सन्त श्री बजरंगी बाबा, ट्रस्टी श्री राम नरेश सिंह, महासचिव श्री जितेन्द्र कुमार सिंह, कोषाध्यक्ष श्री रविन अधिकारी, उपाध्यक्ष श्री उद्धव कुमार घिमिरे, सचिव श्री दिपक प्रसाद लोध, संगठन मन्त्री श्री प्रल्हाद कुमार, सदस्यहरु राजन उपाध्याय, राम नारायण ठाकुर, मुरली मनोहर चौधरी, विरेन्द्र बुढाथोकी, सतिश उपाध्याय, अरविन्द तिवारी, धर्मानुष्ठान प्रमुख श्री विष्णु ज्ञवाली, युवा प्रमुख श्री सत्यम मुरारी लगायत हिन्दू स्वयंसेवक संघ नेपालका सह–राष्ट्रिय प्रचारक मा. रेवित कुमार ज्यूको विशेष उपस्थिति रहेको थियो ।  बैठकमा परिषद तथा एकल अभियानका राष्ट्रिय स्तरका पूर्णकालिक कार्यकर्ताहरु समेतको उपस्थिति रहेको थियो । 
बैठकमा निम्न अनुसारको प्रस्तावहरु माथि छलफल गरी निर्णय गरिएको थियो ।
प्रस्तावहरु
१. भौगोलिक क्षेत्र निर्धारण सम्बन्धमा ।
२.समिति विस्तार सम्बन्धमा ।
३.धार्मिक केन्द्र तोक्ने सम्बन्धमा ।
४.आर्थिक केन्द्र छनौट गर्ने सम्बन्धमा ।
५.दायित्व वाँडफाँड सम्बन्धमा ।
६.सेवा कार्य संचालन सम्बन्धमा ।
७.कार्यकर्ता प्रशिक्षण सम्बन्धमा ।
८.शुल्क निर्धारण सम्बन्धमा ।
९.धर्मरक्षा निधि अभियान सम्बन्धमा ।
१०.राष्ट्रिय परिषद वर्ग आयोजन सम्बन्धमा ।
११.विविध ।
निर्णयहरु
१.प्रस्ताव नं. १ माथि छलफल गर्दा विश्व हिन्दू परिषद नेपालको गतिविधिहरुलाई प्रभावकारी रुपले अगाडी बढाउन तपशिल बमोजिमका भौगोलिक क्षेत्रलाई सम्भागको रुपमा तोक्ने र जिल्ला समेत छुट्याउने भनि निर्णय गरियो ।
क्र.सं. सम्भागको नाम जिल्ला संख्या
बिराटनगर सम्भाग १४ जिल्ला
जनकपुर सम्भाग ९ जिल्ला
काठमाण्डौ सम्भाग ११ जिल्ला
गण्डकी सम्भाग १० जिल्ला
लुम्बिनी सम्भाग ९ जिल्ला
नेपालगंज सम्भाग १५ जिल्ला
सुदूर पश्चिम सम्भाग ९ जिल्ला

२.प्रस्ताव नं. २ माथि छलफल गर्दा विश्व हिन्दू परिषद नेपालको सांगठनिक विस्तार गर्दा देहाय बमोजिमको संरचना  अनुसार गठन गर्ने निर्णय गरियो ।
१.अध्यक्ष
२.सचिव
३.कोषाध्यक्ष
४.युवा प्रमुख
५.महिला प्रमुख
६.सत्संग प्रमुख
७.सेवा प्रमुख
३.प्रस्ताव नं. ३ माथि छलफल गर्दा नेपालका विभिन्न क्षेत्रमा स्थापित प्राचिन महत्वका देहाय बमोजिमका धार्मिक तथा साँस्कृतिक स्थानहरुलाई विश्व हिन्दू परिषद नेपालको धार्मिक केन्द्रको रुपमा स्थापना गराउने निर्णय गरियो ।
१.सुनसरी जिल्ला स्थित चतराधाम ।
२.झापा जिल्लाको अर्जुनधारा
३.जनकपुरधाम
४.जलेश्वरनाथ
५.गढिमाई
६.दाङ्ग जिल्लाको स्वर्गद्वारी
७.बाँकेको बागेश्वरी
८.कैलाली जिल्ला स्थित गोदावरी
४.प्रस्ताव नं. ४ माथि छलफल गर्दा विश्व हिन्दू परिषद नेपालको आर्थिक व्यवस्थापनको दृष्टिकोणले निम्नअनुसारको शहरहरुलाई आर्थिक केन्द्रको रुपमा तोक्ने निर्णय गरियो ।
१.काठमाण्डौ
२.बिराटनगर
३.बिरगंज
४.नारायणघाट
५.बुटवल
६.भैरहवा
७.नेपालगंज
५.प्रस्ताव नं. ५ माथि छलफल गर्दा विश्व हिन्दू परिषद नेपालको दायित्व भित्र पर्ने विभिन्न सांगठनिक विकास, आन्तरिक तथा बाह्य चुनौतिको समाधान एवं व्यवस्थापन हेतु निम्न बमोजिमका पदाधिकारीहरुलाई निम्न जिल्लाहरुको अनुगमन, प्रवास तथा सांगठनिक गतिविधिहरु संचालन गर्न भनि निर्णय गरियो ।
क्र.सं. पदाधिकारीको नाम/दायित्व तोकिएको जिल्ला/क्षेत्र
उद्धव कुमार घिमिरे–उपाध्यक्ष  काठमाण्डौ, भक्तपुर, ललितपुर
रविन अधिकारी–कोषाध्यक्ष गोरखा, लमजुङ्ग, तनहुँ, चितवन मकवानपुर
३. टिका बहादुर पहारी रुपन्देही, कपिलवस्तु, नवलपरासी, गुल्मी, पाल्पा
४. जितेन्द्र कुमार सिंह–महासचिव बारा, पर्सा, सर्लाही, रौतहट, कास्की, स्याङ्गजा
५. मुरली मनोहर चौधरी–सदस्य धनुषा, महोत्तरी, सप्तरी
६. रामनारायण ठाकुर–सदस्य सुनसरी, मोरङ्ग, उदयपुर
७. गोपाल अधिकारी– प्रदेश नं. १ संगठन मन्त्री धनकुटा, तेह्रथुम, भोजपुर
८. गुणराज कोईराला–प्रदेश नं.१ सन्त सं.प्रमुख झापा, ईलाम
९. सीता ढुङ्गेल–प्रदेश नं.१ मातृशक्ति प्रमुख पाँचथर, ताप्लेजुङ्ग
१०. धनुषधारी पाण्डे– प्रदेश नं. २ संगठन मन्त्री धनुषा, महोत्तरी
११. बिष्णु ज्ञवाली–धर्मानुष्ठान प्रमुख जाजरकोट
१२. युगल किशोर तिवारी–रा.सन्त सं.प्रमुख दाङ्ग

६.प्रस्ताव नं. ६ माथि छलफल गर्दा स्वधर्म संस्कृतिको रक्षा तथा सम्पूर्ण हिन्दु समाजलाई स्वाबलम्बि एवं आत्म निर्भर बनाउन देहाय बमोजिमका सेवा मुलक कार्यक्रमहरु संचालनमा ल्याउने निर्णय गरियो ।
१.असहायलाई भोजनको व्यवस्था ।
२.मेडिकल शिविर
३.जाडोयाममा न्यानो कपडा वितरण
४.गर्मीयाममा निःशुल्क पानी÷सर्वत वितरण
५.न्युनतम शुल्कमा सिलाई प्रशिक्षण
६.ट्युशन कक्षा संचालन
७.प्रस्ताव नं. ७ माथि छलफल गर्दा विश्व हिन्दू परिषद नेपालका कार्यकर्ताहरुको कार्यकुशलतामा निखार ल्याउन १ र २ दिवसीय जिल्ला स्तरिय प्रशिक्षण वर्गहरुको आयोजना गर्ने भनी निर्णय गरियो ।
८.प्रस्ताव नं. ८ माथि छलफल गर्दा विश्व हिन्द्ू परिषद नेपालको संगठन विस्तार तथा विविध कार्य संचालनको लागि आवश्यक आर्थिक व्यवस्थापन हेतु प्रत्येक शुभेच्छुक सदस्यहरुबाट बार्षिक रू.२०÷– का दरले सदस्यता शुल्क संकलन गर्ने भनी निर्णय गरियो ।
९.प्रस्ताव नं. ९ माथि छलफल गर्दा २०७६ फाल्गुन ३ देखि १७ गते सम्मको अवधिमा १५ दिने धर्म रक्षा–निधि कार्यक्रम संचालन गर्ने भनी निर्णय गरियो ।
१०.प्रस्ताव नं. १० माथि छलफल गर्दा राष्ट्रिय परिषद वर्ग २०७६ मंसिर ३० देखि पौष ५ गते सम्म संचालन गर्ने भनी निर्णय गरियो । 
११.प्रताव नं. ११ माथि छलफल गर्दा देहाय बमोजिमको कार्यक्रमहरुलाई बार्षिक क्यालेण्डरमा राखिने निर्णय गरियो ।
१.बैशाख १ गते नववर्ष उत्सवको अवसरमा सशुल्क ध्वज वितरण तथा मन्दिरलाई निशुल्क ध्वज उपलब्ध गराउने ।
२.बैशाख शुक्ल नवमीको दिन सीता जयन्ति
३. समाजिक समरसता दिवस
४.हनुमान जयन्ति
५.श्रीकृष्ण जन्माष्टमीका दिन अन्तराष्ट्रिय स्थापना दिवस
६.शुभ चिन्तक अभियान
७.विवेकानन्द जयन्ति