कपिलवस्तुमा धर्मसभा - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Monday, May 6, 2019

कपिलवस्तुमा धर्मसभा



File Photo
कपिलवस्तु । विश्व हिन्दू परिषद नेपालको सन्त मार्गदर्शन मण्डलद्वारा प्रदेश स्तरिय सन्त सम्मेलन तथा धर्मसभा आयोजना गर्न लागिएको हो । जेष्ठ १०, ११ र १२ गते कपिलवस्तु रामघाट स्थित राम जानकी मन्दिरको प्राङ्गणमा धर्मसभा आयोजना गर्न लागिएको परिषदका राष्ट्रिय सन्त सम्पर्क प्रमुख युगल किशोर तिवारीले जानकारी दिनु भयो । कार्यक्रममा प्रदेशका प्रत्येक जिल्लाहरुबाट साधु सन्त, महन्थ, समाजसेवी, विद्यार्थी लगायत कार्यकर्ताहरु समेतको उपस्थिति रहने वहाँले बताउनु भयो ।

सहभागीहरु १० गते बेलुका सम्म कार्यक्रमको लागि कपिलवस्तु आईपुग्नु हुनेछ । ११ गते शनिबार प्रवचन तथा चिन्तन बैठक राखिएको हो । त्यस्तै १२ गते आईतबार समापन कार्यक्रम रहेको छ ।

धर्मसभा हिन्दू राष्ट्र पुर्नस्थापना, मठ मन्दिर संरक्षण,  स्वधर्म संस्कृति संरक्षण, गौ हत्या, आतंकवाद, धर्मान्तरण, जस्ता विविध विषयहरुमा केन्द्रित रहने जनाइएको छ ।