विश्व हिन्दु परिषद नेपाल द्वारा प्रदेश २ लाई ‘जानकी प्रदेश’ नामकरण गर्न माग राख्दै मुख्यमन्त्री समक्ष ज्ञापन पत्र - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Sunday, November 4, 2018

विश्व हिन्दु परिषद नेपाल द्वारा प्रदेश २ लाई ‘जानकी प्रदेश’ नामकरण गर्न माग राख्दै मुख्यमन्त्री समक्ष ज्ञापन पत्र

कार्तिक १८, जनकपुरधाम । विश्व हिन्दु परिषद नेपालले प्रदेश नम्वर २ लाई जानकी प्रदेश नामकरण गर्न माग राख्दै मुख्यमन्त्री मो. लालबाबु राउत गद्दी समक्ष ज्ञापन पत्र बुझाएको छ ।
परिषदका राष्ट्रिय महासचिव जितेन्द्र सिंह र पदाधिकारी सहित मुख्यमन्त्री गद्दीलाई जनकपुरधाम स्थित उहाकै कार्य कक्षमा पुगी ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री गद्दीले २ नम्वर प्रदेशको नामकरण जानकी प्रदेश राख्न पहल लिने आश्वस्त गराएको परिषदका महासचिव जितेन्द्र सिंहले बताउनु भयो ।
प्रदेश नम्वर २ भगवान जनकको भूमी, जगत जननी जानकी माता, गढीमाई, छिन्नमस्ता माई तथा गहवामाईको दिव्य भूमी रहेको तथ्य सर्वविदितै छ । बहुसंख्यक हिन्दूहरुको भावनाको कदर गर्दै प्रदेश नं. २ को धार्मिक, साँस्कृतिक मुल्य–मान्यता सुहाउँदो नाम जानकी प्रदेश राखियोस भनि मुख्यमन्त्री गद्दीलाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
यी माथिका उल्लेखित आधारहरुलाई तथ्यको रुपमा ग्रहण गरि प्रदेश नं. २ लाई जानकी प्रदेश नाम राख्न अनिवार्यता र आवश्यकता ठानिन्छ । त्यसैले २ नम्वर प्रदेशलाई प्रदेश सरकारले जानकी प्रदेश नै नामकरण गरियोस भनि प्रदेश प्रमुख समक्ष यो ज्ञापन पत्र बुझाइएको परिषदका महासचिव जितेन्द्र सिंहले बताउनु भयो ।