कृष्णनगरमा तनाव कायमै, संयमता अपनाउन विश्व हिन्दू परिषद नेपालको अपिल - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Sunday, October 21, 2018

कृष्णनगरमा तनाव कायमै, संयमता अपनाउन विश्व हिन्दू परिषद नेपालको अपिल



कपिलबस्तुको कृष्णनगरमा शुक्रबार साँझ दुई समुदायबिच झडप भएको थियो । दुर्गा प्रतिमा विर्सजनको क्रममा स्थानीय एक मस्जिदको बाटो हिडेको विषयलाई लिएर झडप भएको हो । विर्सजन ¥याली मस्जिद नजिक पुग्दा मस्जिद छेउको एक घरबाट ढुङ्गा प्रहार शुरु भए पश्चात स्थित तनावग्रस्त भएको थियो । झडपमा स्थानीय केही भक्तजनहरु सामान्य घाइते समेत भएका थिए ।
सोही विषयलाई लिएर दुबै समुदायबिच सहमती भइसकेको भएता पनि दोषीलाई पक्राउ गरी सार्वजनिजक नगरुन्जेल मुर्ती विर्सजन नगरिने स्थानीय हिन्दु समुदायको माग रहेको छ । कृष्णानगरको गल्लीहरुमा स्थानीय महिला भक्तजनहरुको बाक्लो उपस्थिती देखिएको हाम्रा सहयोगीले जानकारी दिनु भयो । करिब आठ नौ सयको संख्यामा महिलाहरु कृष्णानगरमा एकत्रित भएको जानकारी प्राप्त भएको छ ।
प्रशासनले स्थितिलाइ सामान्य बनाउन चोक–चोकमा प्रहरी परिचालन गरेको छ ।
स्थानीय दिपक कुमार लोधका अनुसार आक्रोसित एक समुहले सोही क्षेत्रका जन प्रतिनिधि अभिषेक प्रताप साहको निवासमा सामान्य तोडफोड गरेको छ । दोषीलाई बचाउन खोजिएको भन्दै आक्रोसित समुहले उनको घर अगाडी प्रदर्शन गरी तोडफोड गरेको हो ।
कृष्णनगरको मस्जिदहरुमा गाँउ–गाउँबाट मुस्लिमहरुलाई बोलाएर एकत्रित गरेको हुनाले स्थिति एकदमै त्रास एवं तनावपूर्ण रहेको वहाँले बताउनु भयो ।
सोही प्रकृतिको घटना केही दिन अगाडी रौतहटको राजपुरमा समेत भएको थियो । रौतहटमा पनि स्थानीय मस्जिदको बाटो भएर कलश यात्रा लगिएको भन्दै स्थानीय मुस्लिमहरुले अवरोध गर्दा हिन्दु–मुस्लिम बिच झडप भएको थियो । झडपमा दर्जन भन्दा बढि भक्तजनहरु घाइते भएका थिए ।
नेपालमा द्वन्द्व चाहने कट्टर जिहादीहरु द्वारा घटाइएका घटनाक्रमहरुलाई मध्यनजर गर्दै विश्व हिन्दू परिषद नेपालका महासचिव जितेन्द्र कुमार सिंहले दुवै समुदायबिच आपसी भाईचारा कायम राख्न आफ्ना कार्यकर्ताहरुलाई प्रयास गर्न आग्रह गर्नुभएको छ । साथै यस प्रकृतिका घटनाहरुमा संलग्न जो कोहीलाई समय मै कानुनी उपचार गर्न प्रशासनलाई अपिल समेत गर्नुभएको छ ।