परिषद शिक्षा वर्ग सम्पन्न - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Monday, June 18, 2018

परिषद शिक्षा वर्ग सम्पन्न

काठमाण्डौ । विश्व हिन्दू परिषद् नेपालको पाँच दिवसीय कार्यकर्ता प्रशिक्षण वर्ग सम्पन्न भएको छ । विश्व हिन्दू परिषद् नेपालद्वारा आयोजित सो वर्ग काठमाण्डौ, बसुन्धरा स्थित राष्ट्रिय कार्यालयमा जेष्ठ ३० देखि असार ४ गते सम्म आयोजना गरिएको थियो । वर्गमा देशै भरिका जिल्ला अध्यक्ष, आयाम प्रमुख, तथा युवा परिषदका कार्यकर्ताहरूलाई बौद्धिक तथा शारिरिक विषयहरूको प्रशिक्षण दिइएको थियो । 


सो वर्गकोे उद्घाटन प्रमुख अतिथि भारतबाट पाल्नु भएका विश्व हिन्दू परिषद प्रवबन्ध समिति सदस्य मा. श्री दिनेशज्यूले दीप प्रज्वलन गरी गर्नु भएको थियो । उक्त उद्घाटन समारोहमा विश्व हिन्दू परिषद् नेपाल प्रभारी मा. श्री स्नेहपाल सिंहज्यू, राष्ट्रिय उपाध्यक्ष एवं वर्गाधिकारी श्री उद्धव कुमार घिमिरे, महासचिव श्री जितेन्द्र कुमार सिंह, राष्ट्रिय सदस्य श्री मुरली मनोहर चौधरी, श्री विरेन्द्र बुढाथोकी, हियुपका राष्ट्रिय संयोजक श्री सत्यम मुरारी एवं स्थानीय व्यक्तित्वहरू लगायत शिक्षार्थी समेत गरी करिब १०० जनाको उपस्थिति रहेको थियो । 


कार्यक्रम समापन समारोहको अध्यक्षता राष्ट्रिय उपाध्यक्ष उद्धव कुमार घिमिरेले गर्नु भएको थियो । समापन समारोहमा प्रमुख अतिथि तथा पूर्व डिआईजी श्री रमेश खरेलज्यूको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पूर्व डिआईजी खरेलले हिन्दू समाजका लागि चुनौतीहरू बढेकाले हामीले सशक्त ढंगले हाम्रो धर्म–संस्कृति संरक्षणका लागि काम गर्नु पर्ने बताउनु भयो ।