राष्ट्रिय बैठक सम्पन्न । - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Tuesday, January 23, 2018

राष्ट्रिय बैठक सम्पन्न ।

माघ ७, काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको राष्ट्रिय बैठक सम्पन्न भएको छ । काठमाण्डौ, बसुन्धरा स्थित राष्ट्रिय कार्यालयको सभा हलमा बसेको सो बैठकमा परिषदका नेपाल प्रभारी मा. स्नेहपाल सिंह, राष्ट्रिय अध्यक्ष श्री टिका बहादुर पहारी, महासचिव जितेन्द्र कुमार सिंह, सदस्यहरु विजय कुमार सिंह, विरेन्द्र बुढाथोकी, खेमनाथ आचार्य, मुरली मनोहर चौधरी, सन्तमार्ग निर्देशक मंडलका सदस्य सेवक श्री सौरभनाथ जी महाराज, पूर्णकालिक कार्यकर्ताहरु समेतको उपस्थिति रहेको थियो ।



बैठकमा निम्न अनुसारको प्रस्तावहरु माथि छलफल भई निर्णनय भएको थियो ।

प्रस्तावहरु 

  • प्रदेश समितिबारे
  •            प्रशिक्षण बारे
  • मिडिया सेल गठन बारे
  • प्रवास बारे
  • सदस्यता अभियानबारे 

निर्णय

प्रस्ताव नं १ बारे छलफल पश्चात प्रदेश समिति गठनका लागि  आगामी बैठकमा विशेष छलफल गरी निर्णय गर्ने ।

प्रस्ताव नं. २ बारे गहन छलफल पश्चात २०७५ बैशाख महिनामा आयोजना गर्ने निर्णय गरियो ।

प्रस्ताव नं ३ मा मिडिया सेल निर्माणका लागि परिषदका प्रचार प्रमुख श्री मुकुन्द कालिकोटेको अध्यक्षतामा आगामी बैठकमा निर्णय गरिने निर्णय भयो ।

प्रस्ताव नं. ४ मा छलफल  पश्चात राष्ट्रिय समितिको पदाधिकारीहरु महासचिव जितेन्द्र कुमार सिंहको समन्वयमा प्रवास निश्चित गरी प्रवास गर्ने निर्णय गरियो । 

प्रस्ताव नं. ५ माथि छलफल हुदाँ आगामी महिना देखि सदस्यता अभियानलाई निरन्तरता दिने निर्णय गरियो ।