युवा परिषदको जिल्ला समिति गठन - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Monday, January 15, 2018

युवा परिषदको जिल्ला समिति गठन

पौष ३०, सप्तरी । राजबिराज स्थित कर्मचारी मिलन केन्द्रको सभा हलमा आयोजित एक विशेष कार्यक्रममा हिन्दु युवा परिषदको सप्तरी जिल्ला कार्य  समितिलाई पुुर्णता दिईएको छ । कार्यक्रममा परिषदका जिल्ला संयोजक श्री जंग बहादुर सिंहले परिषदको पृष्ठभूमीबारे अवगत गराउदै विश्व हिन्दु परिषदकोे श्रीकृष्ण जन्माष्टमीको पावन दिवसमा राजनीतिक दृष्टिबाट विभाजित, सामाजिक दृष्टिबाट विघटित तथा धार्मिक दृष्टिबाट उदासिन हिन्दु समाजलाई एकताको सुत्रमा ल्याउनको लागि नै विश्व हिन्दु परिषदको स्थापना भई,  भाई चाराको सम्बन्ध स्थापित गर्दै अघि बढने अभिप्रायले विश्व हिन्दु परिषद नेपाल नामक संस्था २०६८ चैत्र ५ गते रामनवमी अस्तित्वमा आएको हो साथै बसुधैव कुटुम्बकमको भावनाबाट समस्त मानव जातिको कल्याणका लागि सामाजिक , बैज्ञानिक, साहित्यिक र धार्मिक अनुसन्धान मूलक कार्य गरी समान उद्देश्य भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरु सँग कार्य गरिर्दै आएको उहाँले थप्नुभयो । 

26854612_1292057104273389_482821528_o

कार्यक्रम बिच आफ्नो मन्तव्य राख्दै युवा परिषदका राष्ट्रिय संयोजक श्री सत्यम मुरारीले “हिन्दु युवा परिषद नेपाल” सप्तरीले असत्य बाट सत्य तर्फ अन्धकारबाट ज्योतितर्फ मृत्युबाट अमरता तर्फ लैजाने कला सिकाउने विश्वमा कुनै परम पावन धर्म छ भने त्यो हिन्दु धर्म मात्र हो । यसै भावनालाई आत्मसात गर्दै आपसी सदभाव, शान्ति, मानव कल्याण र हिन्दुधर्म रक्षार्थ हिन्दुहरुलाई संगठीत गरी हिन्दुधर्म प्रति जागरुक गराई रहेको बताउनु भयो । “हिन्दु युवा परिषद नेपाल” को गठन कसैको विरोधमा होईन । राष्ट्रभक्ति, “सेवा सुरक्षा  संस्कार” को आधार बनाई “ जय श्रीराम , जय हनुमान , हर हर महादेब ” को उदधोष गर्दै, हिन्दु  बिरोधी असमाजिक तत्व बाट सुरक्षाको लागि सप्तरी जिल्लामा “हिन्दु युवा परिषद नेपाल” सप्तरी जिल्ला कार्यसमितिलाई पूर्णता दिईएको संयोजक मुरारी साहले बताउनु भयो ।

26685295_278617705997816_3097095886104325518_o

कार्यक्रममा प्रमुख अतिथि, विश्व हिन्दु परिषद नेपालका राष्ट्रिय ट्रस्टी राम नरेश सिंह, बिशिष्ठ अतिथि एकल विद्यालय अभियान सगरमाथाका संयोजक बिन्दुलाल साह, हिन्दु युवा परिषद नेपालका संयोजक सत्यम मुरारी, अतिथिगण मैथिलि साहित्य परिषद सीतरीका अध्यक्ष अशोक कुमार झा, मेहतर समाजका अध्यक्ष मनोज कुमार मेहतर, सामुदायिक प्रहरी सेवा मंच सप्तरीका  हित नारायण लाल दास, सेवा र्निमीत कर्मचारी संघका अध्यक्ष प्रयाग लाल यादब, साद समुदायका अध्यक्ष बौवालाल खंग, सहितको उपस्थितिमा तथा “हिन्दु युवा परिषद नेपाल” सप्तरी जिल्ला प्रमुख तथा सगरमाथा अंचल विभाग प्रमुख जंग बहादुर सिंहको पहलमा निम्न अनुसारको समिति गठन गरिएको हो ।

26904256_101202047357626_9120451592270672713_n

संयोजक– गोपाल प्रसाद गुप्ता, 
सह संयोजक,– शम्भु यादब , 
आर्थ ब्यवस्थापक प्रमुख,– उज्जवल काबरा, 
सुुरक्षा प्रमुख,– राम सिंह, 
प्रचार प्रमुख–भुपेन्द्र कुमार मण्डल,
बिद्यार्थी प्रमुख – अरुण कुुमार यादब, 
शारिरिक प्रमुख–कृष्णदेब यादब  
बैधिक प्रमुख राज कुमार गुप्ता  
शक्ति केन्द्र प्रमुख राजेश कुमार चौधरी , 
गतिबिधि प्रमुख–राम नारायण मण्डल, 
सदस्यहरुमा  अमिर ना.यादब , दिपक कुमार सिंह, रोहणी प्रसाद पोख्रेल, पशुपति खत्बे मण्डल प्रमानन्द साह तथा राजबिराज नगरपालकिाको नगर प्रमुखमा जितेन्द प्रसाद गुप्ता, हनुमाननगर कंकालनी नगरपालकिाको नगर प्रमुखमा चनरदेब मुखियाँ, तिरहुुत गाँउपालिकाको गाँउ प्रमुखमा काशिन्द्र कुमार यादब लाई चयन गरिएको हो ।