फाल्गुनान्द जयन्ति - कार्तिक २५ गते - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Tuesday, May 8, 2018

फाल्गुनान्द जयन्ति - कार्तिक २५ गते


यूग पुरुषहरुको आगमनका लागि यथेष्ट समय लाग्दछ, एउटा कालमा एकजना मात्र यूग पुरुष या यूग महिलाको जन्म हुने गर्दछ भन्ने मान्यता छ । यस्ता महान ब्यक्तित्वहरुले आफ्नो ज्ञान, अनुभव र सिपको आधारमा यूगौँ यूगसम्म समाजलाई सकारात्मक पथ तर्फ उत्प्रेरित गर्ने र मोक्षको मार्ग देखाएर जाने गर्दछन् र आज त्यस्तै एकजना पुरुषको जन्म जयन्ति को तथ्य अनि इतिहास हरु हामी उजागर गर्न जाँदैछौं ।

सन् १९४२ मा पूर्वी नेपालको ईलाममा जन्मिनुभएका गुरु फाल्गुनान्दसँग अदभुत र चामत्कारीक गुण रहेको विश्वास गरिन्छ, पूर्वी नेपालका विभिन्न ठाँउमा किराँतहरुको मगंहिम मन्दिरको स्थापना गर्नमा वहाँको ठूलो योगदान र सहभागीता रहेको छ ।

पहाडी जिल्लाहरुमा वसोवास गर्ने अत्यन्त शालिन अनि प्रकृतीप्रेमी किराँत समुदायलाई विकासको मुलधारमा ल्याउन, सामाजिक, आर्थिक र सास्कृतीक रुपमा अझ प्रगाढ बनाँउन अनि शिक्षाको प्रार्दुभावगर्नमा गुरु फाल्गुनान्दको भुमिका अतुलनीय रहेको छ । यसै गरि किराँत समुदायलाई रुढीवादी परम्परा बाहिर ल्याउनमा पनि गुरु फाल्गुनान्दको ठुलो हात छ । यसै कारण ले पनि हो आज सैयौ बर्षपछि पनि किराँत समुदायमा गुरु फाल्गुनन्दको काम अनि यश को गुनगान गाइने गरिन्छ, झापा जिल्लाको शान्तिनगर १ तिमाई मा गुरु फाल्गुनन्दको पूर्णकदको प्रतिमा स्थापित गरिएको छ ।

आजको दिन त्यहाँ बिभिन्न कार्यक्रम अनि सभा गरेर समारोह आयोजना गरिन्छ । त्यस्तै दमक, झापा, ईलाम, ताप्लेजुगं अनि पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई नेपाल सरकारले फाल्गुनान्द राजमार्गका रुपमा निर्माण बिकास थालनी गरेको छ । त्यसै गरि पूर्वी नेपालमा फाल्गुनन्द कप फुटवल प्रतियोगीता पनि आयोजना हुने गरेको छ । पाचथर जिल्लाको फिदिम मा यस फुटवल प्रतियोगीता हरेक बर्ष आयोजना गरिन्छ । प्रेम र अहिंसा का अनुयायी गुरु फाल्गुनन्द को तस्वीर राखेर सन् १९९३ पर्यन्त नेपाल सरकारले हुलाक टिकट पनि जारी गरेको छ ।

नेपालमा मात्र नभईकन सारा संसारभरि फैलिएका किराँत समुदायले आजको दिन फाल्गुनान्द जयन्ति मनाउने गर्दछन्, विशेषत नेपाल, भुटान, भारत लगायतका ठाँउमा वहाँको नाम वडो गौरवकासाथ लिईन्छ ।

किराँतहरुका गुरु फाल्गुनान्द लिङ्गदेन नेपालका एकजना वहुचर्चित गुरु, सत्यवक्ता र साधु हुनुहुन्छ । वहाँले दिनुभएका दिब्यज्ञान अनि परमसत्य वचनहरुले आज पनि मानव जिवनको विभिन्न कालखण्डहरु मा सत्यमार्ग देखाउने गर्दछ । यिनै सामाजिक अभियन्ता अनि सामाजिक अनि अध्यात्मिक चिन्तनका गुरु फाल्गुनान्दको संझनामा आजका दिने नेपालभरि विभिन्न कार्यक्रमहरु अनि साँस्कृतीक प्रदर्शनी गरेर फाल्गुनान्द जयन्ति मनाईन्छ ।

वहाँको दिव्य वचन अनि ज्ञानलाई आत्मसाथ गर्दै बिसं २०७० मा प्रथम पटक नेपालमा लिम्बु सम्मेलन आयोजना गरिएको थियो । आदिवासी जनजातिको शान, आत्मसम्मान, प्रतिष्ठा र पहिचान लिम्बुवान राष्ट्रिय जागरण, कियाचु युप्पा तङ्बेरेन् हेःक्याम् ” मूल नाराका साथ सम्पन्न यस सम्मेलनले लिम्बूहरुलाई प्रथम पटक अन्तर्राष्ट्रिय स्तरमा संस्थागत र संगठित हुने वातावरण सिर्जना हुनुका साथै लिम्बू, लिम्बुवान र पहिचान सम्बन्धी विश्वव्यापी रुपमा सामूहिक दृष्टिकोण निर्माण गर्ने र विभिन्न विषयहरुमा साझा बुझाई निर्माण गर्ने लक्ष्य लिइएको थियो । वहाँका अहिंसाका सिद्धान्तहरु उदहारणीय रहेका छन् ।