देश व्यापी कार्यकर्ता सम्मेलन सम्पन्न - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Thursday, April 20, 2017

देश व्यापी कार्यकर्ता सम्मेलन सम्पन्न

एकल समाचार,
           विश्व हिन्दू परिषद नेपालको कार्यकर्ता सम्मेलन सम्पन्न भएको छ । विश्व हिन्दू परिषदका अन्तराष्ट्रिय महामन्त्रि मा. चम्पत रायजीको नेपाल प्रवासको क्रममा आयोजित सो सम्मेलन चैत्र २८ गते झापाको विर्तामोड स्थित अतिथि सदनमा सम्पन्न भएको छ । कार्यक्रममा वि.हि.प. नेपालका प्रभारी मा. स्नेहपाल सिंह, राष्ट्रिय अध्यक्ष श्री टिका बहादुर पहारी, जिल्ला उपाध्यक्ष श्री डम्बर बराल, श्रीहरि सत्संग समितिका राष्ट्रिय अध्यक्ष श्री लक्ष्मी ढुङगाना तथा पूर्णकालिक कार्यकर्ताहरु, स्थानिय कार्यकर्ता एवं स्थानियबासी समेत गरि करिब ५०० जनाको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मा.चम्पत रायजीले सबैको हित गर्ने नै हिन्दु रहेको बताउनु भयो । उहाँले भगवान रामको आदर्श बारे बोल्दै सम्पूर्ण मानव जातिको कल्याण गर्न भगवान रामको आदर्श जिवनमा चरितार्थ गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा अन्य वक्ताहरूले समेत आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
साथै सोही किसिमको कार्यक्रम बिराटनगर स्थित अतिथि सदनमा चैत्र २९ गते, गोल बजार स्थित हिन्दू विद्या पीठमा चैत्र ३० गते, जनकपुर स्थित जानकी पतंजली योग साधना केन्द्रमा चैत्र ३१ गते आयोजना गरिएको थियो । जनकपुरमा परिषद्का सम्पर्क प्रमुख श्री सुनिल चौधरीको संयोजकत्वमा आयोजति सो सम्मेलनमा मा.चम्पत रायजी, मा.स्नेहपाल सिंह जी, श्री टिका बहादुर पहारी, मा.महन्थ श्री श्री १००८ श्री जगन्नाथ दास जी, योग गुरू तथा वि.हि.प.का केन्द्रिय सदस्य श्री मनोहर साह एवं स्थानिय कार्यकर्ता समेत गरि करिब ६०० जनाको उपस्थिति रहेको थियो । कार्यकर्तालाई सम्बोधन गर्दै मा. चम्पत रायजीले राष्ट्र विकासका लागि  हिन्दू समाजलाई संगठित हुनु अपरिहार्य रहेको तथा सोही अनुरूप  विश्व हिन्दू परिषद्ले विश्व भरिका हिन्दू समाजलाई जोडने काम गरिरहेको बताउनुभयो । कार्यक्रममा श्री मनोहर साहले संस्कारयुक्त शिक्षामा जोड दिईनु पर्ने बताउनु भयो । कार्यक्रमको उद्घोषण एकल विद्यालय अञ्चल समितिका अध्यक्ष श्री विजय झुनझुनबालाले गर्नुभएको थियो । सो कार्यक्रम समापन पश्चात मा. चम्पत रायजी बैशाख १ गते विरगंजमा आयोजना हुने सम्मेलनलाई सम्बोधन गर्न प्रस्थान गर्नु भएको थियो । त्यस्तै बिरगंज पश्चात बैशाख २ गते पोखरामा समेत सम्मेलन आयोजना गरिएको थियो ।

पोखराको कार्यक्रम पश्चात बैशाख ३ गते चितवनको देवघाटमा पनि सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । सोही दिन नवल परासीको दुमकौली स्थिति चौधरी उद्योग ग्राममा अवस्थि मन्दिर दर्शनको कार्यक्रम समेत रहेको थियो । बैशाख ४ गते काठमाण्डौ, कालिकास्थान स्थित अमृतभोग कम्प्लेक्समा भेटघाट कार्यक्रम आयोजना गरिएको थियो । सो भेटघाट कार्यक्रममा प्रमुख अतिथि मा.चम्पत राय, विशिष्ट अतिथि विश्व हिन्दू परिषदका अन्तराष्ट्रिय उपाध्यक्ष श्री जिवेश्वर मिश्रा, नेपाल प्रभारी मा.स्नेहपाल सिंह, राष्ट्रिय अध्यक्ष श्री टिका बहादुर पहारीपूर्णकालिक कार्यकर्ता, जनकल्याण प्रतिष्ठानका कोषाध्यक्ष श्री विनोद पोद्धार एवं संघका राष्ट्रिय कार्यवाह श्री मुरली निरौला, राष्ट्रिय  प्रचारक मा. वेद प्रकाशजीका साथै संघका अनुसांघिक संगठनहरू जनजाति कल्याण आश्रम नेपालका तर्फ श्री मिलन भट्ट, श्रमिक संघका तर्फबाट संगठन मंत्री श्री गोपाल यादव, प्राज्ञिक विद्यार्थी परिषदका तर्फबाट श्री नारायण ढकाल लगायत नगरमहिला समितिका  पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।,