वीरगञ्जमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाको पुतला दहन.... - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Sunday, May 22, 2016

वीरगञ्जमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाको पुतला दहन....


वीरगञ्जमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाको पुतला दहन....





वीरगंज, १७ कार्तिक । विश्व हिन्दू परिषद पर्साले बुधवार वीरगञ्जमा बङ्गलादेशको प्रधानमन्त्री शेख हसीनाको पुतला दहन गरेको छ ।
हिन्दूहरुको महान चाड दिपावलीको दिन अर्थात आईतवार राती बङ्गलादेशमा हिन्दू मन्दिर र हिन्दू धर्मवालम्बीहरुमाथि भएको अन्याय, अत्याचार, हिंसा र आक्रमणको बिरोधमा सो पुतला जलाईएको हो । विश्व हिन्दू परिषद पर्साका अध्यक्ष पंडित पुरुषोत्तम दुवेको नेतृत्वमा गहवा मन्दिर पार्क बाट निस्केको रयालीमा हिन्दूहरुमाथीको आक्रमण वन्द गर, जय श्रीराम, ईस्लामिक आंतकवाद बन्द गर, बङ्गलादेश सरकार मुर्दावाद, दोषीलाई कारवाही गर लगायतको नारा लगाउँदै वीरगञ्ज नगर परिक्रमा गरी घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै परिषद पर्साका अध्यक्ष दुवेले बङ्गलादेशमा हिन्दूहरुमाथिको आक्रमण एवं मन्दिर तोडफोड बन्द नभए कडा संघर्ष गरिने र बङ्गलादेशी हिन्दूहरुको रक्षाकालागि विश्वभरका हिन्दूहरुलाई एक हुन आग्रह गरे । २१ औं शताब्दिमा विश्व गइरहेको बेला धर्मको नाममा अन्याय र आतङ्क मचाउनेलाई कडा कारवाही गर्न बङ्गलादेशी सरकारसँग माँग समेत गरे ।
विरोध कार्यक्रममा विश्व हिन्दू परिषद पर्साका उपाध्यक्ष भुपेन्द्र पौडेल, सचिव विनोद चौरसिया, कोषाध्यक्ष पप्पु वर्णवाल, नारायणी अञ्चल संयोजक विनय यादव, हिन्दू स्वयंसेवक संघ पर्साका संयोजक रंजित साह, विश्व हिन्दू महासंघ पर्साका अध्यक्ष राजकिशोर चौवे, हिन्दूवादी युवा नेताहरु सञ्जय सर्राफ, घनश्याम प्रसाद सापकोटा, मुन्ना सर्राफ, दिपक सर्राफ, उदयकान्त झा, पृथ्वी झा, राकेश साह ,कृष्णा कुमार चौरसिया ओम प्रसाद, देव शर्मा, हरेन्द्र पटेल लगायतको उपस्थिति रहेको थियो ।